Logo
Logo

दृष्टिका दश हेडलाइन्स् : धुधामाकासाथ होली मनाइएकोदेखि काठमाडौंमा मेलम्चीको पानीसम्म


दृष्टि संवाददाता


हेडलाइन्स

१. काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा धुमधामसाथ होली पर्व मनाइयो, कोरोना संक्रमण फैलनसक्ने भन्दै प्रशासनले होली नखेल्न आग्रह गरेतापनि बेप्रवाह होली खेलियो, तराई क्षेत्रका जिल्लामा भोलि सोमबार मनाइदैं ।

२. होली मनाउन उच्छृङ्खल तरिकाले यातायातका साधन प्रयोग गर्ने दुई हजार बढी चालकलाई कारवाही, मादक पदार्थ सेवन गरी हुईक्याउने, तीन जना चढ्ने, हेल्मेट नलगाउनेजस्ता गतिविधिमा संलग्न चालक ट्राफिक प्रहरीको निशानामा, होलीमा हुनसक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै तयार पारिएको योजनाका कारण कम दुर्घटना भएको प्रहरीको भनाइ ।

३. तीन दशकको प्रतिक्षापछि काठमाडौंवासीको धारामा मेलम्चीको पानी, काठमाडौंको महाँकाल क्षेत्रबाट पानी वितरण शुरु, आइतबार काठमाडौं उपत्यकामा ४ करोड लिटर पानी वितरण ।

४. प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता, संसदमा केही समययता देखिएको गतिरोध अन्त्य हुने अपेक्षा, सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरु भेटवार्ताबाट गतिरोध अन्त्य भइहाल्ने कुरामा विश्वस्त हुन सकेनन् ।

५. पुनःस्थापितधिवेशन एउटा पनि विधेयक पास नगर्दै अन्त्य गर्ने तयारी, प्रतिनिधिसभामा लामो समयदेखि अड्किएका नागरिकतालगायतका ३६ विधेयक विचाराधीन, सरकारले चालु अधिवेशन अन्त्यको तयारी थाल्यो ।

६. म्यानमारका जनताको पक्षमा उभिन सरकारलाई नागरिक अगुवाको आग्रह, कुलचन्द्र गौतम, सुशील प्याकुरेल, कनकमणि दीक्षित, विपिन अधिकारी, डा. रेणू राजभण्डारी लगायतद्धारा विज्ञप्ति जारी गर्दै प्रजातान्त्रिक आन्दोलनको पक्षमा उभिन आग्रह, शान्तिपूर्ण आन्दोलनकारीको नरसंहार गरेको भन्दै म्यानमारी सेनाको निन्दा ।

७. काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषण केही दिन रहने, मौसम यस्तै भइरहे अझै खराब हुनसक्ने विज्ञहरुको भनाइ, सावधानी अपनाउन वातावरण विभागको आग्रह ।

८. नेपाल राष्ट्र बैंकले सोमबार ८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै, २८ दिने अवधिका लागि पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरिने, १० करोड बराबरको टे«जरी बिल भने ९१ दिनका लागि बिक्री गरिदैं ।

९. त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टिमबीच भएको मैत्रीपूर्ण फुटबल बराबरीमा टुंगियो, राष्ट्रिय टिममा रहेका आर्मीका भरत खवास र विकेश कुथु किर्गिस्तानविरुद्धको खेलमा सहभागी भएनन्, आर्मीले १० दिनपछि एएफसी कप प्लेअफको पहिलो खेल श्रीलंकाको श्रीलंका पुलिससँग खल्दै ।

१०. म्यानमारमा भएको प्रर्दशनमा सैनिक सरकारद्वारा निर्मम रूपमा बल प्रयोग गर्दा ठूलो संख्यामा प्रदर्शनकारी मारिएको भन्दै विश्वराष्ट्रहरुबाट निन्दा, राजधानी याङ्गुनका सडकमा टायर बाल्दै सेनाको ‘अप्रजातान्त्रिक’ कदमविरुद्ध प्रदर्शन जारी, प्रदर्शन बढ्दै जाँदा मानवीय क्षती झन बढ्नै भन्दै विश्वका मानवअधिकारकर्मीबाट चिन्ता व्यक्त ।

प्रतिक्रिया दिनुहोस्