Logo
Logo

प्रचण्डले भेटे मन्त्री अधिकारीका परिवार


- दृष्टि न्युज/संवाददाता



काठमाडौैं, १६ फागुन ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका परिवारजनलाई भेटेर समवेदना व्यक्त गरेका छन्।


ललितपुर पुल्चोकमा रहेको मन्त्री निवास पुगेर अध्यक्ष दाहालले बिहीबार बिहान मन्त्री अधिकारीका श्रीमती, बा(आमालाई भेटेर समवेदना व्यक्त गरेका हुन्।

अध्यक्ष दाहालले दुर्घटनामा परी निधन भएका व्यवसायी आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, उपसचिव युवराज दाहालका परिवारजनलाई भेटेर समवेदना व्यक्त गरेको दाहालको निजी सचिवालयले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली पनि अधिकारीको परिवारलाई भेट्न पुल्चोक पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्