Logo
Logo

बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीकाे निर्णय


दृष्टि संवाददाता


काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

वागमती प्रदेशको माओवादी संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रदेश सभामा विपक्षमा बस्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रको संसदीय दलका नेता शालिक राम जम्मर कट्टेलले प्रदेशमा एमाले नेतृत्वको सरकार विरुद्ध अविश्वास प्रस्ताव पेश नगर्ने तर अन्य दलसँगै विपक्षीका रूपमा खडा हुने जानकारी दिए ।

एमालेले कर्णाली प्रदेशमा माओवादीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै वागमती प्रदेशमा माओवादीले समर्थन फिर्ता लिने निर्णय गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्