Logo
Logo

नेकपाले तीन दिनसम्म शोक मनाउने, मृतकका परिवारलाई राहत दिन आग्रह


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १६ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। बैठकले शोक प्रस्ताव पनि पारित गर्दै मृतकका आफन्तप्रति समवेदना व्यक्त गरको छ।


बिहीबार बालुवाटारमा बसेको सचिवालय बैठकमा एक मिनेट मौन धारण समेत गरेको थियो।

’हाम्रो पार्टीको सबै कार्यालयहरुमा आज पार्टीको झन्डा आधा झुकाउने निर्णय गरिएको छ’, बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ’त्यसैगरी सबै पार्टी कार्यालयहरुमा तीन दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरिएको छ।’

पार्टी केन्द्रको तर्फबाट आगामी २३ गते केन्द्रीय श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने छ।

सचिवालय बैठकले दुर्घटनामा परि निधन हुनुभएका परिवारको आर्थिक स्थिति र आवश्यकता समेत हेरेर उपयुक्त सहयोग गर्न सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्