Logo
Logo

यस्तो छ आजको मौसम पुर्वानुमान


दृष्टि संवाददाता


काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशको पहाडी भूभागहरुमा आंशिक र सामान्य बदली भइरहेको छ । बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ।

यस्तै आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकोछ ।

महाशाखाले आज राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका केही स्थानमा भने राति मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यो पनि पढ्नुस्

‘मौसममा तत्काल सुधार हुने देखिँदैन, सावधानी अपनाउनुस्’

 

पृथ्वीको धेरै भाग रातो: नेपालको प्रदुषण हिमाली भाग नाघेर तिब्बत पुग्यो

प्रतिक्रिया दिनुहोस्