Logo
Logo

महोत्तरीमा बालिका सहित ७ जना किशोरी वेपत्ता


दृष्टि संवाददाता


जनकपुर । महोत्तरीको भंगहा नगरपालिका–८ धर्मपुर टोलका ७ जना बालिका र किशोरी बेपत्ता भएका छन् । दिउँसो २ बजे घाँस काट्न गएका उनीहरु राति १० बजेसम्म पनि नफर्किएको परिवारले जनाएको छ ।

बेपत्ता हुनेमा भंगाहा नगरपालिका–८ धर्मपुरका १८ वर्षका अस्मिता पासवान र नागिना पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षका अर्चना पासवान र रिया पासवान, १० वर्षका रञ्जना पासवान र सीमा पासवान छन् ।

स्थानीय विष्णु पासवानले भने, ‘उनीहरु सधैं साथीहरुसँग ग्रुप बनाएर घाँस काट्न जान्थे, साँझसम्म फर्किन्थे । तर, हिजो फर्किएनन्, खोजतलास गरिरहेका छौं । प्रहरीलाई पनि खबर गरेका छौं ।’

उनीहरू बेपत्ता भएको खबरले गाउँमा त्रास फैलिएको छ । टोलवासीसहित आफूहरू खोजीमा जुटेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्