Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : विश्वासको मत लिन प्रधानमन्त्रीलाई सुझावदेखि पार्टी विरोधी गतिविधि नगर्न एमालेको चेतावनीसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. नेकपा (माओवादी केन्द्र) द्वारा प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत २३ गतेभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने तर्क पेश, विश्वासको मत नलिए सरकारको वैधानिक हैसियतमा प्रश्न उठ्ने माओवादीको ठहर, पार्टीको नामका सम्बन्धमा गत फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलापछि संविधानको धारा १०० को उपधारा (२) आकर्षित भएकोले विश्वासको मत लिनुपर्ने तर्क ।

२. नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक भोलि बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा जानकारी, सत्ता समीकरणका विषयमा अध्यक्ष प्रचण्डको कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईसँग निरन्तर छलफल, बहुमत नपु¥याइ सरकारलाई दिएको समर्थन छाडे राजनीतिक अस्थिरता निम्तिने वर्षमान पुनको दावी ।

३. नेकपा एमालेको संस्थापन पक्षले समानान्तर गतिविधि नरोके नेपाल–खनाल पक्षलाई कारबाही गर्ने दियो चेतावनी, एमाले मन नपरे अर्को पार्टी खोल्न वा अर्को कुनै दलसँग जोडिन सक्ने सुझाव, पार्टीभित्रै बसेर समानान्तर गतिविधि गरेपछि कारवाही हुने एमाले प्रवक्ता प्रदीप ज्ञवालीको तर्क, पार्टीलाई मजबुत पार्न सबैलाई आह्वान ।

४.कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट उचाईमा पुर्याउन चाहेको निलम्बित एमाले वरिष्ठ नेता माधवकुमार नेपालको दावी, कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन नदिने, धारासायी हुन नदिने र विसर्जनको ठाउँमा पुर्याउन नदिने नेपालको संकल्प, आफूहरुको विचार मार्क्सवाद र लेनिनवादबाट निर्देशित भएको र त्यही विचारको मार्गदर्शनमा अघि बढ्दै बहुदलीय जनवादको मूल्य र मान्यतालाई जगेर्ना गर्ने नेपालको तर्क ।

५.प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिद्वारा स्वास्थ्य सामग्री खरिद प्रकरणमा अख्तियारको दुरुपयोग गर्ने सरकारी अधिकारीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन, स्वास्थ्य सामग्री खरिद प्रक्रिया अघि बढाउँदा विशेष परिस्थिति भनी सार्वजनिक खरिद ऐन र नियमावली विपरीत अधिकार प्रयोग गरेको पाइएको भन्दै समितिले खरिदमा संलग्न पदाधिकारीउपर छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिइएको सभापतिद्वारा जानकारी ।

६. जिल्ला भित्र हुने सम्पूर्ण सभा, सम्मेलन रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ताकेतासहितको जिल्ला प्रशासनलाई निर्देशन, काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा कोरोनाविरुद्धको एन्टिजेन परीक्षण अनिवार्य गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय, चिनियाँ अनुदानको खोप ४० देखि ५९ उमेर समूहलाई दिने सरकारको निर्णय, खोप लगाउने समय भने निर्णय हुन बाँकी ।

७. विश्व बैंकले गर्यो आगामी आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपी) २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण, वृद्धि अर्को आर्थिक वर्षमा ५ दशमलव १ प्रतिशत पुग्ने समेत आंकलन, विश्वबैंकको प्रक्षेपण सरकारको अनुमान भन्दा भने निकै कम भएको अर्थ मन्त्रालयको भनाइ, दोहोर अंकको वृद्धि गर्न समय लाग्ने ।

८. हालसम्मकै उच्च विन्दु नजिक नेप्से परिसूचक, डेढ महिनापछि २ हजार ६ सय माथि पुग्यो, सवा ६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार, बुधबार टिएमएसमा देखिएको समस्याका कारण शेयर कारोवारको समय चार बजेसम्म थपियो, सिंगटी हाइड्रोपावरको आइपीओ बाँडफाँट अर्को साता मात्रै, मेरो शेयरको समस्याले बाँडफाँट पछाडि धकेलिएको भनाइ ।

९. थ्री नेशन्स कप क्रिकेटका लागि क्यानले करिव १० दिनको क्याम्प राख्ने, नयाँ खेलाडीको मौका पाउने संभावना कम, एशियन फुटबल महासंघ एएफसीले जारी गरेको नयाँ नियम, अब हरेक संघको विभिन्न उमेर समुह र सिनियर टिममा अनिवार्य चार फरक प्रशिक्षक राख्नुपर्ने, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, गोलकिपर प्रशिक्षक र फिटनेस कोच अनिवार्य हुनुपर्ने, मुख्य प्रशिक्षकको पनि प्रो लाइसेन्स अनिवार्य ।

१०.र, जापानले म्यान्मारमा प्रजातान्त्रिक प्रक्रिया अबरुद्ध गरी सेनाले सत्ताविद्रोह गरेको भन्दै नयाँ आर्थिक सहायता दिन बन्द, भारतमा थप ५३ हजार १ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण, मंगलबारको तुलनामा संक्रमण तीन हजारले घटेपनि जोखिम अझै बढ्ने अनुमान, बेलायतको विश्वविद्यालयमा वातावरण अभियन्ता थनबर्गको शालिक बनाएकोमा आलोचना, इस्लामिक स्टेटविरुद्ध विश्व एकजुट हुनुपर्ने शक्ति राष्ट्रहरूको निष्कर्ष ।

प्रतिक्रिया दिनुहोस्