Logo
Logo

गोंगबुमा मदिरामा मात्तिएका युवाले प्रहरी कुटे


दृष्टि संवाददाता


काठमाडौं, १८ चैत ।

काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित सडकमा डिउटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा ललितपुर लगनखेल बस्ने काभ्रे पाँचखाल नगरपालिका–९ घर भएका ३० वर्षीय रिकेश पहरी लगायत ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।


उनीहरुले मादक पदार्थ सेवन गरी होहल्ला गर्दै झगडा गरिरहेको अवस्थामा महानगरीय प्रहरी प्रभाग गोंगबुबाट डिउटीमा खटिएको प्रहरीले सम्झाई बुझाई गर्दा उनीहरुले प्रहरी कर्मचारीलाई एक्कासी हातपात गरेपश्चात उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेउपर अभद्र व्यवहार मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्