Logo
Logo

यस्तो रहनेछ आज दिनभरीको मौसम


दृष्टि संवाददाता


काठमाडौं । आज विहान देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदलिको सम्भावना रहेकोछ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही भागमा आंशिक बदलि भएपनि केहीस्थानमा तुवाँलो रहेको छ ।

आज प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भागका केहीस्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ विभागले बताएको छ ।

आज राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

लामो समयपछि पानी परेपछि काठमाडौं उपत्यकाबासीलाई राहत भएको छ । पछिल्लो एक हप्तायता वायु प्रदूषणका कारण उकुसमुकुस भएका काठमाडौंं उपत्यकाबासीले पानी परेपछि केही राहत महसुस गरेका हुन् ।

बंगालको खाडीबाट आएको न्युनचापीय प्रणाली, पश्चिमी वायुका कारण उपत्यकासहित पहाडी क्षेत्रमा पानी परेको विभागले जनाएको छ । काठमाडौं उपत्यकामा हल्का वर्षा मात्रै भएको हो । वर्षाका कारण बिहीबारदेखि मौसम केही खुल्ने भएको छ । साथै वायु प्रदूषण पनि केही घट्ने भएको छ । तर पूर्ण रुपमा प्रदूषण घट्नलाई ठूलो पानी पर्नुपर्ने विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्