Logo
Logo

प्रचण्डको पुनरावलोकन निवेदनको सुनुवाइ प्रधानन्यायाधीश सहितको बेञ्चमा


दृष्टि संवाददाता


 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेकपा बदर विरुद्धको पुनरावलोकन निवेदन सुनुवाई हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा सुनुवाइ हुने भएको हो ।

यो मुद्दामा न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीलाई हेर्न नमिल्नेमा राखिएको छ । न्यायाधीशद्वय श्रेष्ठ र रेग्मीको संयुक्त इजलासले गत फागुन २३ गते नेकपा बदर गर्दै एमाले र माओवादी केन्द्र व्यूँताइदिएको थियो । गत मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनरावलोकनको निवेदन दिएका थिए ।

एमाले र माओवादीलाई अलग गरिदिने फैसला गरेर सर्वोच्च अदालतले संवैधानिक र कानूनी जिम्मेवारीको सीमा नाघेको माओवादी केन्द्रको टिप्पणी छ ।

तर पहिल्यै आफ्नो नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता भएको भन्दै अध्यक्ष ऋषि कट्टेल निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत गएका थिए । पुनरावलोकन निवेदनमा विपक्षी कट्टेल सहितलाई बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्