Logo
Logo

वडा अध्यक्षमाथि कीर्ते मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अदालतको आदेश


दृष्टि संवाददाता


काठमाडौं, १९ चैत ।
कीर्ते मुद्दामा वडाअध्यक्ष लगायतमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई आद्े्श दिएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मोहन विष्ट लगायतमाथि मुद्दा चलाउन अदालतले आदेश दिएको हो ।


घुम्बाराहीको गिताञ्जली मार्ग बस्ने ९६ वर्षिया चिजमाया लिम्बुले आफ्नो भत्ता अरुलाई दिएको भन्दै कीर्ते सम्बन्धि जाहेरी दिएकी थिइन् । सुरुमा उनले प्रहरीमा दिएकोमा प्रहरीले दर्ता नगरेपछि जिल्ला सरकारी वकिल कार्यालयमा दिइएको छ । त्यसपछि पनि मुद्दा नचलाउने तयारी गरेपछि उनी उच्च अदालत गएकी थिइन् । उच्चका न्यायाधीशद्वय माधव प्रसाद पोखरेल र किरण पौडेलको इजलाशले निवेदकको मागअनुसार मुद्दा चलाउन आदेश दिएको हो ।
घटना गत असारको हो ।

बृद्धाका आफन्तले उनको बरिष्ठ जेष्ठ नागरिक महानगर भत्ताका लागि वडा कार्यालयलाई आग्रह गरेका थिए । वडा कार्यालयले भत्ता वितरण भइसकेको भनेर दिन अस्वीकार गरेपछि बृद्धालाई नै लिएर उनीहरु वडा कार्यालयमा गएका थिए । वडा कार्यालयमा भत्ता दिइसकेको बताएपछि उनीहरुले आफ्नो नाममा अरुलाई दिएको आरोप लगाएका थिए । वडा कार्यालयमा बृद्धाका आफन्त र पदाधिकारी तथा कर्मचारीबीच विवाद हुँदा कुटाकुट भएको थियो । प्रहरीले बृद्धाका नातीहरु सुमन लिम्बु र उनका साथी सुरज गुरुङलाई पक्राउ गरेको थियो । उनीहरु २०– २० हजार धरौटीमा छुटेका छन् ।

त्यसपछि बृद्धाले वडा अध्यक्ष बिष्ट, वडा सदस्य दिनेश महर्जन र धुव्र प्रसाद त्रिपाठीविरुद्ध कीर्ते मुद्दामा प्रहरीमा जाहेरी दिएकी थिइन् । राजनीतिक दबाबको कारण महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जाहेरी लिन नमानेपछि पीडित बृद्धा सरकारी वकिल कार्यालय पुगेकी हुन् ।

आफ्नो १२ हजार बृद्ध भत्ता कीर्ते गरेर कर्मचारीले लिएको भन्दै उनले अख्तियारमा पनि उजुरी गरेकी छिन् । वडा कार्यालयले आफुहरु झुक्किएर उनको भत्ता अरुलाई दिएको बताएर मिलाउने प्रयास गरेको थियो ।
यो प्रकरणमा राजनीतिक प्रभावमा आधारमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जले गम्भीर अनुसन्धानमा चासो दिएको छैन । जसकारण पीडित पक्ष आक्रोशित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्