Logo
Logo

माधव समूहको स्थायी कमिटी बैठक बस्दै


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ । कंलकीमा रहेको एक पाटीप्यालेसमा बोलाइएको बैठकमा समानान्तर कमिटीहरु विस्तारबारे निर्णय लिइने भएको छ ।

त्यस्तै बैठकले आफ्ना समूहका नेता/कार्यकर्तालाई अध्यक्ष केपी शर्मा ओलीले भटाभट कारवाही गर्न थालेपछि थप रणनीति बनाउँन माधव समूह जुटेको हो । एक नेताका अनुसार बैठक अहिले बिहान ११ बजे कलंकीस्थित मेघा पार्टी प्यालेसमा बस्नेछ।

पार्टीको नाम विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गत फागुन २३ गते ऋषि कट्टेलको नेकपा वैधानिक, एमाले–माओवादी केन्द्र मिलेर पछि बनेको नेकपा अवैधानिक भएको फैसला गरेपछि ब्युँतिएको एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच तीव्र टक्कर परिरहेको छ।

प्रतिक्रिया दिनुहोस्