Logo
Logo

प्रधानमन्त्री र चार पूर्वप्रधानन्यायाधीश विरुद्धको मुद्धा पेशीमा


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चार पूर्वप्रधानन्यायाधीशविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दाको पेशी तोकिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका विषयमा टिप्पणी गरेको भन्दै दर्ता भएको अवहेलना मुद्दामा शुक्रबार पेशी तोकिएको हो।

प्रधानमन्त्री ओलीविरुद्ध माघ १३ गते अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र कुमार शर्मा आचार्यले मुद्दा दायर गरेका थिए भने चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अधिवक्ता राजाराम घिमिरेले मुद्दा दायर गरेका थिए। यसअघि न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ओलीसहित पूर्वप्रधानन्यायाधीशलाई आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्