Logo
Logo

गृह मन्त्रालय बैशाख १ देखि नयाँ भवनमा सर्ने


दृष्टि संवाददाता


काठमाडौं, २० चैत ।
गृह मन्त्रालय सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय रहेको भवनमा सर्ने भएको छ । १ बैशाखदेखि गृह मन्त्रालय सर्न लागेको हो । गृह मन्त्रालय सर्न लागेको भवनको शुक्रबार गृहमन्त्री रामबहादुर थापा’बादल’ले निरीक्षण गरेका छन् ।


भुकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तत्कालिन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनमा सरेको थियो । प्रधानमन्त्री कार्यालय मर्मत गरिएको पुरानै भवनमा सरिसकेको छ । सोही भवनबाट हालसम्म प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको काम कारर्वाही हुदै आएको थियो ।
डेढ महिना अघि सिंहदरबारको पुर्वी भवनको पुन निमार्ण सम्पन्न भएपछि प्रधानमन्त्री कार्यालय पुरानै स्थान सिंहदरबारको पुर्वी भवनमा सरेको छ । अहिले प्रधानमन्त्री कार्यालय रहेको भवनमा भने गृहमन्त्रालय सर्न लागेको हो । हाल गृह मन्त्रालय रहेको केही भवनहरु पुननिर्माण गर्ने तथा केही भवन भत्काएर नयाँ भवन बनाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्