Logo
Logo

प्रहरीको नाममा पैसा असुल्ने प्रयास


दृष्टि संवाददाता


काठमाडौं, २० चैत ।
धनगढी उपमहानगरपालिका–८ का व्यापारीलाई घुमुवा प्रहरी हुँ भन्दै उनीहरुबाट पैसा माग गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–५ बस्ने २३ वर्षीय वीरेन्द्र सिंह र सोही उपमहानगरपालिका–२ बस्ने २५ वर्षीय पारस मल्ल रहेका छन् ।
कैलाली जिल्लाका विभिन्न स्थानबाट सादा पोशाकमा खटिएको प्रहरी हुँ भन्दै पैसा माग गर्ने गरेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई स्थानीय व्यापारीबाट नगद ५ हजार माग गरेको अवस्थामा फेला पारी माग गरेको उक्त नगद सहित पक्राउ गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्