Logo
Logo

ओलीतिर लागे तिलकुमार, छाडे नेपालको साथ


दृष्टि संवाददाता


ताप्लेजुङ । नेकपा एमालेमा माधव नेपाल पक्षले समानान्तर कमिटीहरुको अभ्यास गरिरहेका बेला नेपाल पक्षका केन्द्रीय सदस्य तथा पूर्व सांसद तिलकुमार मेन्याङ्वोले नेपालको साथ छाडेका छन् ।

गत चैत ४ र ५ गतेको माधव नेपाल पक्षको राष्ट्रिय भेलासम्म नेपाल पक्षमै रहेका मेन्याङ्वोले गृहजिल्ला ताप्लेजुङमा युवा संघको कार्यक्रममार्फत आफू माधव नेपालको पक्षमा नरहने घोषणा गरेका हुन् ।

महेश बस्नेत समेत उपस्थित युवा संघको कार्यक्रममा मेन्याङ्बोले आफू अब एमालेको विधान बमोजिम अघि बढ्ने र पार्टीको समानान्तर कमिटी निर्माण प्रक्रियामा विपक्षमा रहने घोषणा गरे ।

मेन्याङ्बाले भने–’फागुन २३ गते सर्वोच्चको फैसलापछि नेकपा एमाले जिन्वाद भनेर पहिले पोष्ट गर्नेमध्य म हुँ । मैले भावनामा बगेर त्यसो गरेको थिइन । अब म नेकपा एमालेको बिधान अनुसार अघि बढ्छु र समानान्तर कमिटी गठन प्रक्रियाको विपक्षमा उभिनेछु ।’

ताप्लेजुङ माधव नेपाल पक्षको बलियो पकड भएको जिल्ला मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्