Logo
Logo

दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु


दृष्टि संवाददाता


दाङ । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दाङको तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही-घोराही सडक खण्डको मुसोट नजिकै शुक्रबार साँझ ५ बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हाे ।

मृतकको सनाखत हुन सकेको छैन् । दुर्घटनामा दुई दर्जनबढी यात्रु घाइते भएकामा ६ गम्भीर घाइते छन् ।

घाइतेहरुको लमहीकै विभिन्‍न अस्पतालहमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्