Logo
Logo

१ सय ६५ निर्वाचन क्षेत्रमा सडक निर्माणको शिलान्यास हुँदै


दृष्टि संवाददाता


काठमाडौं । सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा सडक निर्माण गर्ने योजना बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १ सय ६५ वटा सडकको एकैपटक शिलान्यास गर्ने भएका छन् ।

आज ११ बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारबाट डिजिटलरुपमा स्वीच थिचेर सडक निर्माणको शुभारम्भ गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ नाम दिइएका यी सडक प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिस गरेका थिए । निश्चित क्राइटेरियाका आधारमा सबै प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्