Logo
Logo

आजबाट काठमडौंको फोहोर उठाउन थालियो


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौं महानगरपालिका र ल्याण्डफिल्ड साइट सिसडोलका स्थानीयबीच सहमति जुटेपछि काठमाडौंको फोहोर उठाउन थालिएको छ । विभिन्न माग राखि सिसडोलका स्थानीयले फोहोर फाल्न अवरोध गर्दै आएका थिए ।

शुक्रबार महानगरपालिका र सिसडोल क्षेत्रका आन्दोलनर्त स्थानीयबीच ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो । सो सहमतिपछि काठमाडौं उपत्यकाका फोहोर आज (शुक्रबार) बाट उठाउन थालिएको हो ।

सिसडोलबासीले राखेका शिक्षा र स्वास्थ्य सम्बन्धी मागहरु महानगरपालिकले पूरा गर्ने सहमति भएको थियो । स्थानीयको रोजगारी, विकास निर्माण लगायतका माग पूरा गर्न महानगरपालिकाले बजेट उपलब्ध गराउँने सहमति पनि भएको छ ।

यस्तै ककमी गाउँपालिका र धुनिबेसी नगरपालिका अन्तर्गत ५ जना तहगत विषयगत दरबन्दीमा शिक्षक नियुक्त गर्ने र शिक्षक नियुक्ति भएपछि सो बापतको पारिश्रमिक नेपाल सरकारले तोकेको स्केल बमोजिम काठमाडौं महानगरपालिकाले रकम उपलब्ध गराउँने सहमति पनि भएको छ । यस्तै स्वास्थ्य उपचारको दिगो व्यवस्थापनका लागि उपयुक्त योजना सम्बन्धमा बृहत्तर छलफल गरी आपसी छलफलबाट १० दिन भित्रमा निष्कर्षमा पुग्ने सहमति पनि बनेको छ।

बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोरमैला बिसर्जन शुरु भएपछि हालको सिसडोल ल्याण्डफिल्ड साइटको पोष्ट क्लोजरको कार्य प्राविधिक सिफारिस बमोजिम काठमाडौं महानगरपालिकाले तत्काल शुरु गर्ने सहमति पनि भएको छ।

उपत्यकाको फोहोर व्यवस्थापनमा भएको आवरोध हटाई फोहोर व्यवस्थापन सूचारु गर्ने सहमति पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्