Logo
Logo

माधव समूहद्धारा दुई महिने अभियान घोषणा, एकतामा आउन ओलीलाई आह्वान


दृष्टि संवाददाता


काठमाडौं । समानान्तर पार्टी संचालनको अभ्यासमा रहेको नेकपा एमाले माधवकुमार नेपाल समूहले दुई महिने ‘पार्टी संगठन निर्माण र सुदृढीकरण अभियान’ घोषणा गरेको छ ।

पार्टी एकता गम्भीर संकटमा रहेको भन्दै अभियान घोषणा गरेको माधव समूहले एकतामा फर्कन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आह्वान समेत गरेको छ ।

शुक्रबार र शनिबार बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले ‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने नारासहित अभियान संचालन गर्ने निर्णय गरेको थियो ।

अभियानका क्रममा अधिवेशन तथा महाधिवेशनबाट आएका र २०७५ जेठ २ मा कायम भएका कमिटीहरुको पुनः सञ्चालन र गठन पुनर्गठन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्