Logo
Logo

कपिलवस्तु पुगेर प्रचण्डले भने– ‘नयाँ सरकार बन्ने भयो, यहाँहरु सबैलाई बधाई’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ सरकार बन्ने निश्चित भएको बताएका छन् । शुक्रबार नेपाली कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेसँगै नयाँ सरकार बन्ने परिस्थिति भएकाे अध्यक्ष प्रचण्डको भनाइ रहेको छ ।

कपिलवस्तुमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आजैबाट सरकार गठनबारे घनिभूत छलफल सुरु भएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने–

‘मलाई काठमाडौंमा साथीहरुले नयाँ सरकार गठनमा तपाईंले तुरुन्तै पहल लिनुपर्छ, अहिले कपिलवस्तु नजानुस भन्नुभएको थियो । तर, पूर्वनिर्धारित कार्यक्रम भएकाले आएँ । सकेसम्म छिट्टै काठमाडौं फर्केर नयाँ सरकार गठनका लागि घनिभूत रुपमा बैठकहरु अगाडि बढाउँछु ।’

नयाँ सरकार गठन हुने भन्दै प्रचण्डले कार्यक्रममा सहभागीलाई बधाई समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्