Logo
Logo

स्वर्गीय अधिकारीको पोखरामा शवयात्रासहित अन्त्येष्टि गरिने


- दृष्टि न्युज/संवाददाता


पोखरा ।

हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर शुक्रबार गृहनगर पोखरा लगिने भएको छ ।

काठमाडौंमा श्रद्धाञ्जली कार्यक्रम सकिएपछि शुक्रबार दिउँसो १२ बजेसम्म पार्थिव शरीर ल्याई शवयात्राका साथ अन्त्येष्टि गरिने छ । अधिकारीको पार्थिव शरीर अन्त्येष्टिअघि अन्तिम श्रद्धाञ्जलीका लागि पोखराको प्रदर्शनी केन्द्रमा राखिनेछ । पोखरा र गण्डकी प्रदेशकै नागरिकले अधिकारीलाई श्रद्धाञ्जली दिन पाउने गरी प्रदर्शनी केन्द्रमा राख्ने व्यवस्था मिलाइएको छ । बायाँ ९पूर्वपट्टि० बाट श्रद्धाञ्जली दिएर बायाँ (पश्चिमतर्फबाट) बाहिरिन मिल्ने गरी व्यवस्थापन गरिएको छ ।

नेकपाका केन्द्रीय सदस्य गुरुङका अनुसार मन्त्री अधिकारीको पार्थिव शरीर आज विमानस्थलबाट सीधै नयाँ बजारस्थित पोखरा प्रदर्शनी केन्द्र लगिने छ । प्रदर्शनी केन्द्रमा अन्तिम सम्मान गरेपछि शवयात्रा नयाँ बजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाट लगी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।

प्रदर्शनी केन्द्रमा अन्तिम सम्मान गरेपछि शवयात्रा नयाँ बजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाट लगी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्