Logo
Logo

छिट्टै निर्वाचनको मिति घोषणा हुन्छ : सञ्चारमन्त्री


दृष्टि संवाददाता


काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले निर्वाचनको मिति छिट्टै घोषणा हुने बताएका छन् ।

गृहजिल्ला दोलखास्थित कालिञ्चोक गाउँपालिकामा रहेको सित्का माध्यामिक विद्यालयको ५८ औं वार्षिकोत्सव समारोहलाई आईतबार सम्बोधन गर्दै गुरुङले निर्वाचनको मिति छिट्टै घोषणा हुन सक्ने संकेत गरेका हुन् । उनले कार्यकर्तालाई त्यसको तयारीमा जुट्न पनि सुझाएका छन् ।

मन्त्री गुरुङले एक वर्ष भित्र स्थानीय तहको निर्वाचन पनि हुन सक्ने बताए । यस्तै उनले जनताको बीचमा राम्रो काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई सचेत गराए ।

मुलुकको समृद्धि र विकासका लागि सरकारले उल्लेख्य काम गरेको उल्लेख गर्दै मन्त्री गुरुङले निर्वाचनमा जान एमाले नडराउने पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्