Logo
Logo

पेट्रोलियम पदार्थको मूल्य बढ्यो


दृष्टि संवाददाता


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार मूल्यवृद्धि गरिएको निगमले जनाएको छ ।

निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २/२ रुपैयाँ बढेको छ । अब पेट्रोल १ सय २० र डिजेल/मटितेल १०३/१०३ रुपैयाँ कायम गरिएको छ । निगमले एलपी ग्यास र हवाई इन्धनको बिक्री मूल्य भने यथावत राखेको छ ।

मूल्य समायोजनपश्चात् पनि निगमलाई अर्धमासिक ८८ करोड घाटा रहेको जनाएको छ । निगमका अनुसार प्रतिलिटर पेट्रोलमा ७ रुपैयाँ ३९ पैसा, डिजेलमा १ रुपैयाँ ९४ पैसा, एलपी ग्यासमा प्रतिसिलिन्डर ४ सय १८ रुपैयाँ ४७ पैसा घाटा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्