Logo
Logo

बाघको आक्रमणबाट निकुञ्जका एक कर्मचारीको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जको हात्तिसारमा कार्यरत एक जना कर्मचारीको बाघको आक्रमणबाट मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–९ का ३१ वर्षीय पुलिसराम थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

गैंडा गणनामा प्रयोग गरिएको हात्तीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र घाँस काट्दै गर्दा पुलिसरामलाई आइतबार साँझ करिब पाँच बजे बाघले आक्रमण गरेको थियो । उनको सोही दिन राति आठ बजे शव फेला परेको निकुञ्जले जानकारी दिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन विष्णु प्रसाद श्रेष्ठले चौधरी गैंडा गणनामा संलग्न रहेको र हात्तीको साथ निकुञ्जमा रहेको समयमा बाघको आक्रमणबाट मारिएको बताए । उनलाई आक्रमण गरेको आशंकामा निकुञ्जका अधिकारीहरुले एउटा वयस्क बाघलाई डार्ट गरी नियन्त्रणमा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्