Logo
Logo

रुद्रान्जु प्रतिष्ठानमा रक्तदान कार्यक्रमको आयोजना


दृष्टि संवाददाता


काठमाडौं । कीर्तिपुर–१० ट्याङ्लाफाँटस्थित नवजागरण महिला समूहको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रुद्रान्जु प्रतिष्ठानको प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा स्थानीय तथा अन्य दाताहरुसमेत ४० जना महानुभावहरुले रक्तदान गरेका थिए ।


कार्यक्रममा अध्यक्ष लक्ष्मी पाण्डेले रक्तदाता सबैलाई सहृदयदेखि धन्यवाद दिँदै नव जागरण महिला समूहको पहलमा आयोजित रक्तदान कार्यक्रमले सफलता पाएकोमा खुसी व्यक्त गरिन् । त्यस्तै, उपाध्यक्ष टिकादेवी खनालले भविष्यमा पनि यस्ता कार्यक्रम गर्दै समाजसेवामा हरदम अग्रसर रहने प्रतिबद्धता जनाइन् ।

नव जागरण महिला समूह आफँैमा आदर्श स्थापित गर्दै समाजसेवी कार्यक्रम आयोजना गरी अन्यलाई पनि यस्ता कार्यमा सहभागी गराइरहेको छ । स–साना सेवाभावी जमर्कोले समाजमा ठूलो प्रभाव पार्ने यो उदाहरणीय प्रयास हो ।

प्रतिक्रिया दिनुहोस्