Logo
Logo

सांसदले भने– ‘प्रधानमन्त्रीज्यू यो त नौटंकी नै हो !’


दृष्टि संवाददाता


काठमाडौं । सांसद रंगमती शाहीले तयारी नै नगरी प्रधानमन्त्रीले बालुवाटारबाट रणनैतिक सडक शिलान्यास गरेको भन्दै नौटंकीको संज्ञा दिएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद शाहीले बालुवाटारबाट स्वीच चिथेर शिलान्यास गर्नु नौटंकी रहेको बताएका हुन् । सांसद शाहीले भने– ‘तयारी नै नगरी १६५ निर्वाचन क्षेत्रमा रणनैतिक सडक भनेर बालुवाटारबाट स्वीच थिचेर शिलान्यास गर्नुहुन्छ सम्माननीय प्रधानमन्त्रीज्यू यो त नौटंकी नै हो ।’

सांसद शाहीले देश रेल मार्ग, जल मार्ग र सुरुङ मार्गले नयाँ युगमा प्रवेश गरेको भनिए पनि आफ्नो जिल्लावासीले एम्बुलेन्स समेत नदेखेको भन्दै सकरारको आलोचना गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्