Logo
Logo

‘बिजनेस नदिएर संसदलाई पंगु बनाउन खोजियो’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शशी श्रेष्ठले सरकारले संसदलाई बिजनेस नदिएर संसद आवश्यक छैन भन्ने सन्देश दिन खोजिएको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै श्रेष्ठले संसदलाई निकम्मा बनाएर संसदको काम छैन भन्ने सन्देश दिन खोजिएको बताएका हुन् । सांसद श्रेष्ठले भने– ‘सरकारले बिजनेस नदिने अनि संसद बिजनेसविहीन भएर अगाडि बढ्न नसक्ने अनि ताजा जनादेशबाट अर्को संसद्ले पनि यस्तै खालको गतिविधि गर्ने हो भने मुलुक अगाडि बढ्न सक्छ ?’

पुस ५ गते असंवैधानिक ढंगबाट संसद विघटन गरिएको स्मरण गर्दै सांसद श्रेष्ठले भने– ‘सम्पूर्ण नेपाली जनताको प्रयासबाट, यो असंवैधानिक हो, अर्काको देशको नजिर यहाँ दिने होइन, हाम्रो आफ्नै देशको मौलिकतामा यो सबै हुनुपर्दछ भनेर संसद पुनःस्थापना भयो । त्यसपछि फागुन २३ गतेबाट सदन चलिरहेको छ । बैठक शोक प्रस्ताव पारित गर्ने, सामान्य प्रतिवेदन प्रस्तुत गर्नेमै अल्झिरहेको छ ।’
संसलाई बिजनेस नदिएर मद्यावधि निर्वाचनको खेल चरिरहेको श्रेष्ठको भनाइ रहेको ।

प्रतिक्रिया दिनुहोस्