Logo
Logo

श्रद्धाञ्जलीमा पुष्पगुच्छासँगै पोखिए आँशुका थोपाहरु (फोटोफिचर)


- दृष्टि न्युज/संवाददाता


श्रद्धाञ्जलि अर्पण ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएकाप्रति शुक्रबार काठमाडौँको टुँडिखेलमा पुष्पगुच्छा अर्पण गर्दै खानेपानी मन्त्री बीना मगर ।

काठमाडौं, १७ फागुन । गत बधबार ताप्लुजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रप्रसाद अधिकारीलगायत सातै जनालाई शुक्रबार अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ । राजधानीको टुँडिखेलमा आयोजित श्रद्धाञ्जली सभामा सर्वसाधारणको भिड लागेको थियो । श्रद्धाञ्जली दिन गएकाहरुकाले आँशु थाम्न सकेनन् । कतिपय भक्कानिएर रोएका थिए ।

ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाप्रति शुक्रबार काठमाडौको टुँडिखेलमा श्रद्धाञ्जलि अर्पण गर्दै सर्वसाधारण ।


प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री अधिकारीलाई राष्ट्रिय झन्डा ओढाएर सम्मान गरेका थिए । साथै, राष्ट्रपति विद्यादेवी भण्डारी पनि मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन टुँडिखेल पुगेकी थिइन् ।


दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो । तस्बिर रासस

ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाप्रति शुक्रबार काठमाडौको टुँडिखेलमा श्रद्धाञ्जलि अर्पण गर्दै सर्वसाधारण ।



प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रविन्द्रप्रसाद अधिकारी पार्थिक शरिरमा श्रद्दाञ्जिली व्यक्त गरी पार्टीको झण्डा ओढाउदै ।

प्रदेश नम्बर १का मुख्यान्त्री शेरधन राई ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाप्रति शुक्रबार काठमाडौको टुँडिखेलमा श्रद्धाञ्जलि अर्पण गर्दै ।

मृतकका आफन्तजनबाट श्रद्धाञ्जलि ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएकाहरुप्रति शुक्रबार काठमाडौँको टुँडिखेलमा पुष्पगुच्छा अर्पण गर्ने क्रममा भावविहल हुँदै मृतकका आफन्तजन ।

प्रतिक्रिया दिनुहोस्