Logo
Logo

कर्णाली सरकारका तीन मन्त्रीले राजीनामा दिंदै


दृष्टि संवाददाता


सुर्खेत । कर्णाली प्रदेश सरकारका ३ मन्त्रीले आज पदबाट राजीनामा दिनेभएका छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आफ्ना मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको थियो ।

 

एमालेबाट प्रतिनिधित्व गर्ने अर्थमन्त्री प्रकाश ज्वाला, समाजिक विकास मन्त्री दलबहादुर रावल र उद्योग, वन तथा पर्यटन मन्त्री नन्दसिंह बुढाले राजीनामा दिने भएका हुन् । एक बजे संसदीय दलको बैठक बस्नुअघि उनीहरुले राजीनामा दिने भएका हुन् ।

केन्द्रमा नेकपा बदर हुँदै एमाले र माओवादी केन्द्र व्यूँतिएपछि कर्णाली प्रदेशको सरकार ढल्ने अवस्थामा पुगेको छ । ४० सदस्य रहेको कर्णाली प्रदेशसभामा २१ सदस्य बहुमत हुन्छ ।

एमालेको २० सिट रहँदा माओवादी केन्द्रसँग १३ सिट मात्र छ । एमाले सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार संकटमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्