Logo
Logo

बागमती र सुदुरपश्चिम कमिटी घोषणा गर्दै माधव नेपाल समूह


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहले आज बागमती र सुदुरपश्चिम प्रदेशमा समानान्तर कमिटी घोषणा गर्ने भएको छ ।

आज दिउँसो १२ बजे बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा बस्ने बागमती प्रदेशस्तरीय स्थायी समिटी बैठकले बागमती प्रदेश कमिटी घोषणा गर्ने बताइएको छ ।

तीब्र गतीमा समानान्तर कमिटी गठन गरिरहेको माधव समूहले आजै सुदूरपश्चिम प्रदेश कमिटी समेट घोषणा गर्ने तयारी गरेको छ ।

अध्यक्ष केपी शर्मा आअ‍ेलीले पार्टीका सबै अधिकार कब्जा गर्दै आफू अनुकूल गतिविधि संचालन गरेको भन्दै असन्तुष्ट माधव समूहले अन्य प्रदेशमा पनि समानान्तर कमिटी गठन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्