Logo
Logo

मन्त्री अधिकारीको सपना पूरा होला त ? यस्तो छ उनको अन्तिम सम्बोधन (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ फागुन । दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको आज शुक्रबार उनकै गृहनगर पोखरामा अन्त्येष्टि हुँदैछ । विकासमुखी नेता तथा मन्त्रीका रुपमा चिनिएका अधिकारीको सपना पूरा हुन्छ वा हुन्न, त्यो समयले बताउने छ ।
ताप्लेजुङको पाथीभरा नजिकै हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीले आफ्नो अन्तिम सम्बोधनमा वर्तमान सरकार बनेपछि देश समृद्धिको यात्रामा अघि बढेको बताएका थिए । तेह्रथुमको चुहानडाँडामा बनाउन लागिएको प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न बुधबार बिहान पर्यटनमन्त्री अधिकारीसहित सातजना त्यसतर्फ प्रस्थान गरेका थिए ।
पर्यटनमन्त्री अधिकारीले सम्बोधनका क्रममा आफूलाई प्रधानमन्त्रीले पठाएरै विमानस्थलका बारेमा बुझन आएको धारणा राखेका थिए ।
मन्त्री अधिकारीले आफ्नो सम्बोधनमा भनेका थिए, ‘यहाँ विमानस्थल बनाउने विषयमा बुझ्न आएका छौँ । मेरो साथमा नक्सा, इस्टिमेट सबै छ । अहिले ८७ करोड खर्च हुने अवस्था छ । दुईवटा सन्दर्भमा मात्रै बताउन चाहन्छु । वर्तमान सरकार बनिसकेपछि समृद्धिको यात्रालाई केपी शर्मा ओलीले नेतृत्व गरिरहनुभएको छ । यो ठाउँ उहाँको जन्मस्थल भएर मात्रै होइन । उपयुक्त भएर नै यो ठाउँमा विमानस्थल बनाउन लागिएको हो ।’ उनले भनेका थिए्, ‘प्रधानमन्त्रीले हामीलाई भन्नुभयो, के कस्तो लाग्छ डिटेल अध्ययन गर्नुस् । हामीले फेरि अध्ययन गर्यौं । आज हामी डिटेल अध्ययन गरेर आएका छौँ । प्रधानमन्त्रीले अरु होइन पर्यटनमन्त्री आफैँ गएर चुहानडाँडा हेरेर आउनुस् भन्नुभएकाले आज आएका छौं । विमानस्थल बनाउन उपयुक्त ठाउँ छ । पानी परेको छ । मौसम खराब छ हामी फर्किनुपर्ने छ ।’


मन्त्री अधिकारीको अन्तिम सम्बोधन हेर्नुस

https://www.youtube.com/watch?v=fy_3XRqnH50

प्रतिक्रिया दिनुहोस्