Logo
Logo

कर्णाली प्रदेशका तीन एमाले मन्त्रीद्वारा राजीनामा


दृष्टि संवाददाता


सुर्खेत । नेकपा एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्रीले राजीनामा दिएका छन् । मंगलबार आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले समूहिक राजीनामा दिएका हुन् ।

कर्णाली प्रदेशमा एमालेले एकल सरकार बनाउने योजनासहित आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको हो । आइतबार बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३ र  राप्रपाका १ जना सांसद छन् । जसमध्ये माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीलाई माओवादी केन्द्रले कारवाही गरेका कारण कर्णाली प्रदेशसभामा सांसदहरुको संख्या ३९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्