Logo
Logo

एमाले माधव समूहद्धारा बागमती प्रदेश समानान्तर कमिटी घोषणा


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेमा सामानान्तर कमिटी विस्तारको क्रममा रहेको माधवकुमार नेपाल समूहले बागमती प्रदेश कमिटी गठन गरेको छ ।
माधव समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो । कमिटीको सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई रहेका छन् ।

त्यस्ते बसन्त मानन्धर, विष्णु देवकोटा, पेम्बा तामाङ, टोकबहादुर वाइबा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत रहेका छन् । दोलखाका दोलखाका रचना खड्कालाई माधव समूहले सचिवको जिम्मेवारी दिएको छ । माधव ससमूहले आज नै सुदुरपश्चिममा समेत समानान्तर कमिटी गठन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्