Logo
Logo

मध्यावधि निर्वाचनको विकल्प छैन : मन्त्री नेम्बाङ


दृष्टि संवाददाता


पाँचथर । नेकपा एमालेका नेता तथा भौतिक पूर्वाधार यातायातमन्त्री बसन्तकुमार नेम्बाङले ताजा जनादेशका लागि मध्यावधि निर्वाचनको विकल्प नभएको बताएका छन् ।

पाँचथरको फिदिममा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री नेम्बाङले मध्यावधि निर्वाचनपछि मात्रै मुलुकले राजनीतिक निकास पाउने भन्दै नत्र अस्थिरता कायम रहिरहने जिकिर गरे ।

सडकमा प्रदर्शन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने मन्त्री नेम्बाङको दावी थियो । उनले मुलकमा पछिल्लो समय विकास निर्माणले गति लिएको दाबी गर्दै रुग्ण आयोजनाको कामलाई सरकारले जतिसक्दो चाँडो पूरा गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्