Logo
Logo

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशको मतदान स्थगित


दृष्टि संवाददाता


काठमाडौं । मतपत्रमा उम्मेदवारको नाम छुटेपछि नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको मतदान स्थगित भएको छ ।
मतपत्रमा उपत्यका प्रदेश केन्द्रीय सदस्यका उम्मेदवार शान्तराम बिडारी, ज्ञानप्रसाद पौडेल, हेमराज शिलवाल र विदुर ढुङ्गेलको नाम छुटेपछि मतदान स्थगित भएको हो ।

नयाँ मतपत्र छापेपछि पुनः मतदान हुने बताइएको छ । अहिलेसम्म मतदान गरिसकेकाहरुले नयाँ मतपत्र बनेपछि पुनः मतदान गर्न पाउने निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्