Logo
Logo

बागमती प्रदेशसभा बैठक फेरि अवरुद्ध


दृष्टि संवाददाता


मकवानपुर । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले बुधबार पनि बागमती प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । सरकारले आफूहरुले सदनमा उठाएको प्रश्नको चित्तबुझ्दो जवाफ नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल माओवादीले बुधबारको संसद् बैठक अवरुद्ध पारेको हो ।

बुधबारको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले अविश्वासको प्रस्ताव, बजेटको वितरण र नीति तथा कार्यक्रमका विषयमा सदनमा उठाएको प्रश्नको जवाफ दिएका थिए ।

पौडेलले जवाफ दिएसँगै माओवादी संसदीय दलका नेता सालिकराम जम्कट्टेलले आफूहरुलाई सरकारले दिएको जवाफ चित्तबुझ्दो नभएको र सरकार जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाएका थिए ।

बैठकमा मुख्यमन्त्रीविरुद्ध ल्याएको अविश्वासको प्रस्तावको प्रस्तावक अरुणकुमार नेपाल उपस्थित नभएपछि सो प्रस्तावको समर्थक समेतको सहमति बिनै सत्तारुढ दलका सदस्य कृष्णप्रसाद भूर्तेलले अविश्वास प्रस्ताव फिर्ता लिने सम्बन्धी प्रस्ताव बैठकमा पेश गरेका थिए ।

प्रस्ताव पेश गरेलगत्तै सांसद जम्कट्टेले प्रस्तावमाथि बैठकमा छलफल नगराइयोस् भनि बारम्बार माग गरे भने माओवादीले सोही क्रममा बैठक नै अवरुद्ध बनायो । प्रदेशसभाको अर्को बैठक बिहीबार ११ बजेको लागि तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्