Logo
Logo

नेपाल पत्रकार महासंघ मुस्ताङको अध्यक्षमा सुन्दरकुमार थकाली निर्वाचित


दृष्टि संवाददाता


मुस्ताङ । नेपाल पत्रकार महासंघ मुस्ताङको अध्यक्षमा सुन्दरबाबु थकाली निर्वाचित भएका छन् । बुधबार मुस्ताङमा भएको मतदानमा थकालीले दुई मत बढी ल्याउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । उनको पक्षमा १४ मत परेको थियो भने विपक्षमा सुन देवी रसायलीलाई १२ मत परेको थियो ।

यस्तै, १४ मत प्राप्त गर्दै उपाध्यक्षमा दुर्गादेवी रसाईली निर्वााचित भएका छन् । उता, महिला उपाध्यक्षमा १४ मतसहित तृष्णा गौचन विजयी भएकी छन् भने सचिवमा १४ मत ल्याउँदै सुशिलबाबु थकाली विजयी भएका छन् ।

निर्वाचनमा सह–सचिव समावेशी तर्फ १४ मतसहित आदित्य रसाइली, सह–सचिवमा १४ मत सहित सरस्वती ल्वागुन र १४ मत ल्याउँदै कोषाध्यक्षमा फुलकुमारी नेपाली विजयी भएका छन् ।

यस्तै, केन्द्रीय परिषद सदस्यमा चन्द्रेश्वर वस्ताकोटी १५ मत ल्याएर निर्वाचित भएका छन् । निर्वाचित अध्यक्ष प्रतिगमनविरुद्ध बनेको प्रेस यूनियन, प्रेस संगठन, प्रेस चौतारी लगायत संगठन मिलेर बनेको गठबन्धनका हुन् ।

प्रतिक्रिया दिनुहोस्