Logo
Logo

झापामा प्रतिगमन विरोधी गठबन्धनका गिरी निर्वाचित, ओली निकट चौतारी पराजित


दृष्टि संवाददाता


झापा । नेपाल पत्रकार महासंघ झापा शाखामा एकराज गिरी नेतृत्वको संयुक्त प्यानल बिजयी भएको छ । अध्यक्षमा संयुक्त प्यानलका एकराज गिरी निर्वाचित भएका छन् ।

अध्यक्षका प्रत्यासी प्रधानमन्त्री केपी शर्मा ओली निकट निकट प्रेस चौतारी नेपालका विशाल नेम्वाङ पराजित भएका छन् । अध्यक्ष निर्वाचित गिरीले १५५ मत, प्रत्यासी नेम्वाङले ७४ र त्यस्तै नेकपा एमाले माधव नेपाल निकट प्रेस चौतारीका तिर्थ सिग्देलले २६ मत मात्र पाएका थिए ।

उपाध्यक्षमा संयुक्त प्यानलका केशव भट्टराई १३१ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्दी ओेली निकट प्रेस चौतारीका गोपाल झापालीले ९६ र हिमालचन्द्र खरेलले २६ मत ल्याएका छन् ।

संयुक्त प्यानलबाट महिला उपाध्यक्षमा सुशीला संग्रौला १४० मत ल्याई निर्वाचित भए भने प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका सावित्रा दाहाल पराजित भए ।

सचिवमा संयुक्त प्यानलका डिकेश लामा १२८ मतसहित बिजयी हुँदा प्रतिद्वन्द्वी नेपाल–खनाल निकट प्रेस चौतारीका सुब्रत न्यौपानेले ९९ र स्वतन्त्र उम्मेदवार प्रेमकुमार आचार्यले २५ मत मात्र पाए पराजित भएका छन् ।

खुला सहसचिवमा संयुक्त प्यानलका राजु पाठक १५५ मत ल्याई निर्वाचित भएका छन् । पाठकले ओली निकट प्रेस चौतारीका विनोद सापकोटालाई ६३ मतले पराजित गरेका हुन् ।

समावेशी सहसचिवमा संयुक्त प्यानलका अर्जुन राजवंशीले १७२ मत ल्याए भने उनका प्रतिद्वन्द्वी देशराज नेम्वाङले ७३ मत ल्याएका छन् ।

कोषाध्यक्षमा संयुक्त प्यानलका रञ्जित प्रसाईं १३३ मत ल्याई निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका रमेश तिवारीले ११५ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्