Logo
Logo

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने विधेयक संसदमा पेस हुँदै


दृष्टि संवाददाता


 

काठमाडौं । सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेस हुने भएको छ ।

विधेयक जस्ताको तस्तै प्रतिनिधिसभाबाट पनि पारित भइ अगाडि बढे नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित र मौलिक अधिकार हनन हुने भन्दै यो विधेयकको विरोध हुने गरेको छ ।

विधेयकको प्रतिवेदनमा कुनै व्यक्तिलाई जिस्क्याउने, होच्याउने, घृणा वा द्वेष उत्पन्न गराउने, चरित्र हत्या गर्ने वा गाली बेइज्जती मानिने विषयवस्तु सामाजिक सञ्जालमा सम्पेषण गर्न बन्देज लगाइने उल्लेख छ । यस्तो कार्यमा संलग्न भए पाँच वर्षसम्म कैद र १५ लाखसम्म जरिवाना हुने कडा प्रावधान राखिएको छ ।

विधेयकको प्रतिवेदन अनुसार राष्ट्रिय एकता र स्वाधीनतामा खलल पुग्ने विषय सामाजिक सञ्जालमा सम्प्रेषण गर्दा र सामाजिक सञ्जालमा कसैलाई जिस्क्याउँदा ५ वर्षसम्म कैद र १५ लाखसम्म जरिवाना हुने उल्लेख छ ।

यो विधेयक पारित भए फेसबुक, ट्वीटर, इन्स्टाग्राम, लगायतका सामाजिक सञ्जाल नेपालमा दर्ता गर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्