Logo
Logo

दोलखामा प्रतिगमन विरोधी गठबन्धन विजयी


दृष्टि संवाददाता


दोलखा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखामा प्रतिगमन विरोधी गठबन्धन विजयी भएका छन् । प्रेस युनियन, प्रेस संगठन, प्रेस चौतारी माधव समूह लगायत संगठनको गठबन्धनबाट अध्यक्षको उम्मेदवार बनेका दिपशंकर चौलागाई निर्वाचित भएका छन् ।

ओली समूहका उम्मेदवार केदार शिवाकोटीलाई हराउँदै चौंलागाइ निर्वाचित भएका हुन् । खुला उपाध्यक्षमा सिर्जनकुमार घिमिरे, महिला उपाध्यक्षमा सिर्जना थापा, सचिवमा दिलबहादुर केसी निर्वाचित भएका छन् ।

सहसचिवमा भने ओली पक्षको प्रेस चौतारीबाट विमला बुढाथोकी निर्वाचित भएका छन् । त्यस्तै समावेशी सहसचिवमा उषा तामाङ निर्विरोध भएका थिए । कोषाध्यक्षमा निर्वाचित नविन खतिवडा प्रतिगमन विरोधी गठबन्धनका हुन् ।

प्रतिगमन विरोधी गठबन्धनबाटै दुर्गा बस्नेत, गोपिलाल तामाङ, सदस्य निर्वाचित भएका छन् । सुन्तली थामी सदस्यमा निर्विरोध भएका थिए ।
त्यस्तै सदस्यहरुमा केदार दाहाल, गोकर्ण भण्डारी, गौमत जिरेल, र बलराम केसी प्रतिगमन विरोधी गठबन्धनबाटै निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्