Logo
Logo

दार्चुला जिप दुर्घटना अपडेट स् ११ को मृत्यु


- दृष्टि न्युज/संवाददाता


दार्चुला ।

दार्चुलामा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

दार्चुला सदरमुकाम खलंगा बजारबाट दुहुँ गाउँपालिकाको हिकिला तर्फ जाँदै गरेको म १ ज २८० नम्बरको जीप राताकाठा भन्ने स्थानमा शुक्रबार राति करिब ८ बजेतिर दुर्घटना भएको थियो ।

मृतकको शनाखत हुन सकेको छैन। महाकाली किनारबाट नेपाल प्रहरीले गरेको उद्धारमा तीन जना महिलाको शव भेटिएको छ। अझैपनि चार महिला, तीन पुरुष र एक नाबालकको शव भीरमा अड्किएको प्रहरी निरीक्षक रविन्द्र कठायतले बताए। घाइते जिप चालक दिपकसिंह धामी गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ।

घटनास्थल सदरमुकाम खलङ्गाबाट सात किलोमिटर उत्तरमा पर्छ । दुर्घटना शुक्रबार साँझ ८ बजेतिर भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्