
काठमाडौं । नेकपा एमालेका सचेतक शान्ता चौधरीले विकासप्रेमी जनता खुसीले गदगद् भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै चौधरीले सरकारले गरेको बिकास देखेर जनता खुसीले गदगद रहेको बहेको दावी गरेका छन् । तर, बिकास बिरोधीहरुको भने निद्रा रहेको उनको भनाइ रहेको छ ।
सांसद चौधरी भन्छन्– ‘विरोधका लागि विरोध गर्नेहरुको कोलाहल देखेर म छक्क पर्छु। सरकार विकास गर्छ जनतालाई हसाउँछ, खुसी दिन्छ । तर, विकास विरोधीहरुको आँखा रसाउँछ। अनि खुसी हराउँछ।’ उनी थप्छन्– ‘प्रधानमन्त्री देशव्यापी रुपमा जब जनलहर आउँछ, विरोधीहरुको निद्रा हराउँछ विकासप्रेमीहरु अहिले खुसीले गदगद् छन्। सुन्दैछु नयाँ वर्षको प्रवेशसँगै देशले अमूल्य चिज उपहार पाउँदैछ।











