Logo
Logo

महेश बस्नेतको कटाक्ष- ‘माओवादी केन्द्र न पोथी न भाले’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले नेकपा माओवादी केन्द्रलाई ‘न पोथी न भाले’ भन्दै कटाक्ष गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद बस्नेतले नेकपा माओवादी केन्द्रलाई ‘न पोथी न भाले’ भनेका हुन् ।

सरकारलाई दिएको समर्थन फिर्ता नलिएको तर सरकारको बिरोध गर्दै प्रधानमन्त्रीको राजीनामा मागेको भन्दै बस्नेतले यस्तो कटाक्ष गरेका हुन् । उनले भने– ‘हिजाे नेकपा एमालेलाई ‘न पोथी न भाले’ भन्ने माओवादी आज ‘न पोथी न भाले’ भएको छ । सरकालाई दिएको समर्थन फिर्ता पनि लिदैन, अविश्वासकाे प्रस्ताव दर्ता गर्न पनि सक्दैन ।

माओवादीकै कारण राजनीति लक भएको भन्दै सांसद बस्नेतले राजनीतिक निकास माओवादीमै रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्