Logo
Logo

चार मन्त्रीको सांसद पद खारेज


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमाले प्रवेश गरेका चारमन्त्री सांसद पद खोसिएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको जानकारी गराएका हुन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएका दिए । चारैजना सांसद मन्त्री छन् । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्