Logo
Logo

पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको जिल्लामा चौतारी पराजित


दृष्टि संवाददाता


नवनिर्वाचि अध्यक्ष बद्री तिमल्सिना

काठमाडौं । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको अध्यक्षमा प्रतिगमन विरोधी गठबन्धनका बद्रीराज तिमल्सिना निर्वाचित भएका छन् । सचिवमा गठबन्धनकै कपिल कोइराला निर्वाचित भएका छन् ।

उपाध्यक्षमा प्रेस चौतारीका विनोदकुमार न्यौपाने निर्वाचित भएका छन् भने महिला उपाध्यक्षमा प्रेस युनियनकी सुनिता सापकोटा निर्वाचित भएकी छन् । कोषाध्यक्षमा प्रेस चौतारीका केदारनाथ तिमल्सिना विजयी भएका छन् ।

समावेशी सहसचिवमा प्रेस चौतारीका जगतमान बल विजयी भएका छन् । त्यस्तै सहसचिव खुल्लामा प्रेस युनियनका सरोज अधिकारी निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्