Logo
Logo

वागमती प्रदेशमा प्रतिगमन विरोधी गठबन्धन विजयी


दृष्टि संवाददाता


काठमाडौं । नेपाल पत्रकार महासंघ वागमती प्रदेशको निर्वाचनमा प्रतिगमन विरोधी गठबन्धन विजयी भएको छ ।

गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेद्वार शिव देवकोटा, उपाध्यक्षमा रुपेश दुलाल, उपाध्यक्ष महिलामा सम्झना कार्की, महासचिवमा कृष्ण सारु मगर निर्वाचित भएका छन् ।

यस्तै, सचिवमा युवराज पुरी, सचिव समावेशीमा राजन विक, कोषाध्यक्षमा रमेश ढुंगेल विजयी भएका छन् । सदस्यहरूमा भने गठबन्धन बाहेक अन्य संगठनहरूबाट समेत विजयी भएका छन् ।

निर्वाचन समितिले केहीबेरमा औपचारिक घोषणा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्