Logo
Logo

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रदेश गण्डकीमा चौतारीको प्यानल नै पराजित


दृष्टि संवाददाता


निर्वाचित अध्यक्ष र महासचिव

कास्की । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिमा प्रतिगमन विरोधी गठबन्धनको प्यानल विजयी भएको छ । अध्यक्षमा ५ सय ३८ मत सहित नारायणप्रसाद शर्मा निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी दीपेन्द्र श्रेष्ठले ४ सय १४ मत मात्रै प्राप्त गरे ।

यस्तै, उपाध्यक्षमा दीपक भट्टराई ५ सय २२ मत सहित विजयी भएका छन् । प्रतिद्वन्द्वी इन्द्रप्रसाद पौडेलले चार सय आठ मत प्राप्त गरेका छन् । उपाध्यक्ष महिलामा सोनी शर्मा ५ सय ५२ सहित विजयी भए भने प्रसितद्वन्द्वी शान्ति गुरुङले ३ सय ८४ मत प्राप्त गरिन् ।

महासचिवमा ५ सय ७३ मतसहित गोविन्दप्रसाद सुवेदी निर्वाचित भए । प्रतिद्वन्द्वी दिल शिरिषले तीन सय ७६ मत पाए । खुला सदस्यमा पाँच सय ९२ मतसहित यदुनाथ बञ्जरा निर्वाचित भए । उनका प्रतिद्वन्द्वी प्रकाशचन्द्र भट्टराईले तीन सय ४३ मत मात्र पाए ।

त्यसैगरी, समावेशी सचिवमा पाँच सय २४ मतसहित सुशिलबाबु श्रेष्ठ विजयी हुँदा प्रतिद्वन्द्वी रुद्रश्रिष मगरले चार सय १० मत पाए । कोषाध्यक्षमा प्रतिद्वन्द्वीद्वय शालिकराम कोइराला र सागरराज तिमिल्सिनालाई पराजित गर्दै राजेन्द्र न्यौपाने चार सय ५३ मतसहित विजयी भए ।

सदस्यहरूमा ताराप्रसाद शर्मा, परशुराम आचार्य, प्रकाश डोटेल, प्रदीप पौडेल, रमेश बस्ताकोटी, लोकेन्द्रबहादुर सुनार र सुनिल पाण्डे निर्वाचित भए । त्यसैगरी, रञ्जिता शर्मा, राधिका शर्मा कँडेल, रोशनि गुरुङ निर्वाचित भए ।

त्यस्तै, सानेबहादुर नेपाली, रामजी राना, रुद्रबहादुर थापा र पदम छन्त्याल सदस्यमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्