Logo
Logo

सत्ता समीकरणमा रामचन्द्र पौडेललाई साथ राखेर देउवाले अन्य दलसँग छलफल गर्दै


दृष्टि संवाददाता


 

काठमाडौं । आफ्नो नेतृत्वमा सरकार बनाउँने निर्णय गरेको नेपाली कांग्रेसले आज दुई पार्टीसँग छलफल गर्ने भएको छ । अपरान्ह ३ बजे सभापति शेरबहादुर देउवाले आफ्नो निवास वुढानिलकण्ठमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्ने भएका हुन् । सो छलफलमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि बोलाइएको छ ।

शुक्रबार बसेको पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो । त्यसको ठीक एक सातापछि शुक्रबार देउवाले माओवादी केन्द्र र जसपालाई छलफल गर्न लागेका छन् । एमालेइतरको सरकारका लागि तीन दल मिल्न अनिवार्यछ ।

प्रतिक्रिया दिनुहोस्