Logo
Logo

हामी ओलीको दास होइनौँ : नेता नेपाल


दृष्टि संवाददाता


विराटनगर । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओलीले विधानविपरीत काम गर्दै हिँडेकाले सामान्तर कमिटी गठन गर्न सुुरु गरेको स्पष्ट पारेका छन् ।


विधान विपरीत काम गर्ने नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनेहरु दास भएको टिप्पणी गरेका छन् । शुक्रबार विराटनगर आइपुगेका नेता नेपालले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफैहरु ओलीको दास हुन नसक्ने समेत बताए ।

उनले भने, ‘ओलीलाई साथ दिनेहरु दास हुन् । त्यसकारण समानान्तर कमिटि गठनका लागि विराटनगर आएका छौँ ।’ नेपालले ओलीले विधानविपरीत काम गर्दै हिँडेकाले आफूहरुले सामान्तर कमिटी गठन गर्न सुरु गरेको बताए ।

नेता नेपालले भने, ‘विधान विपरीत काम गर्नेलाई साथ, समर्थन दिने दास हुन्, हामी होइनौँ ।’ नेता नेपालले केही समययता देशभर विद्यार्थी, युवा र महिला संगठनमा समान्तर कमिटी गठनलाई तिव्रता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्